Saturday, July 24, 2021

पाँच उत्कृष्ट किसान पुरस्कृत, को को हुन् उत्कृष्ट किसान ?

काठमाडौं–बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ ।

बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर सो पुरस्कार प्रदान गरेको हो ।

यी हुन् पुरस्कृत हुनेमध्ये उत्कृष्ट किसान :

पहिलो स्थान : नोबेल एग्रीकल्चर फर्म चितवनका कृष्णप्रसाद न्यौपाने,
दोस्रो स्थान : एसएस कटफ्लाओर नर्सरी काठमाडौँका अन्जना आचार्य,
तेस्रो स्थान : लालीगुराँश डेरी फार्म एण्ड रिर्सच सेन्टर चितवनका कृष्ण भण्डारी,
चौथो स्थान : एग्रो एण्ड लाइभस्टक नेपाल प्रालि रामेछापका राजनबहादुर लामा,
पाँचौ स्थान : मेलापात अर्गानीक एग्रो फार्म भक्तपुरका कबिन्द्र श्रेष्ठ

मन्त्रालयले प्रदेशभित्र किसानका विभिन्न विधाअन्तर्गत दूध उत्पादन, प्रशोधन, विविधकरण तथा बजारिकरण क्षेत्रमा अतुल्य योगदान पु¥याउँदै आएका किसानलाई पुरस्कृत गरिएको हो ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं