Monday, August 2, 2021

एमालेको असन्तुष्ट समूह ओलीले बोलाएको बैठकमा नजाने

काठमाडौं– नेकपा एमालेको नेपाल–खनाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

आज सम्पन्न उक्त समूहको बैठकले १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट गरिएको भनिएको बैठकमा सहभागी नहुने निर्णय भएको नेता भीम रावलले जानकारी दिए ।

‘समाधानको लागि विभिन्न समयमा वार्ता गरिएको थियो, पार्टी विधान विपरित १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयले पार्टी एकतामा अवरोध पुराउने भएकोले यही असार १८ गते बोलाइएको बैठकमा सहभागी नहुने निर्णय गरिएको छ’ उनले भने, ‘वार्ता र सहमतिबाट समाधान खोजिनुपर्छ । उचित र सार्थक वार्ता र सहमतिको प्रकृया अवलम्बन गरिनुपर्छ । केन्द्रिय कमिटीको बैठक र स्थायी कमिटीको बैठकबाट निर्णय हुनुपर्छ ।’

उनले पार्टी विधानमा व्यवस्थानै नभएको महाधिवेशन आयोजक कमिटीलाई स्वीकार नगरिने र पार्टी बैठक विधान अनुरुप बोलाउनुपर्ने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं