Sunday, August 1, 2021

पहिरोमा पुरिएर ३ जनाकाे मृत्यु

काठमाडौं – तनहुँकाे बन्दिपुर गाउँपालिका-३ तामुङ बस्ने ७० वर्षीया हरिमाया नेपाली र सोही ठाउँ बस्ने लिल बहादुर थापा मगरको घर पहिरो आई बिहीबार बिहान पुरिँदा हरिमाया र सोही ठाउँ बस्ने ३० वर्षीया सरस्वती थापाको मृत्यु भएको छ । उक्त स्थानमा पहिरो आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही ठाउँ बस्ने ३५ वर्षीय सुभास थापा लगायत ३ जनालाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल दमौलीतर्फ पठाएको जनाएकाे छ ।

यसैगरी सिन्धुलीकाे कमलामाई नगरपालिका-८ पहिरेस्थित बम्जन आश्रमको कम्पाउण्डभित्र रहेको घर बिहीबार बिहान आएको पहिरोले पुरिँदा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई हाल आश्रममा बस्ने ६९ वर्षीय लरिन बहादुर हिम्दुङको मृत्यु भएको छ ।

तत्काल नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको प्रहरीले प्रधान कर्यालयले जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं