Saturday, July 24, 2021

३३ जना संक्रमितको मृत्यु, ४ हजार १७ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । थप २७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ सय ५७ पीसीआर परीक्षण र ९ सय ३ एन्टिजेन गरी जम्मा २७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ हजार १७ रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं