Saturday, July 24, 2021

निर्माणाधीन ह्वासिन सिमेन्ट कम्पनीमा बाढी

काठमाडौं– धादिङको बेनिघाट रोराङ–२, महादेवस्थानमा निर्माणाधीन ह्वासिन सिमेन्ट कम्पनीमा बाढी पसेको छ ।

कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढि सिमेन्ट कम्पनीभित्र पसेको हो । सिमेन्ट कम्पनीको छेउछाउमा भएको सामान बगाएको छ ।

निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने चाइनिजहरुको लेबर क्याम्पमा पनि बाढी पसेपछि कामदारहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अघिल्लो वर्षको बाढिले सिमेन्ट कम्पनीमा ठूलो क्षति पुर्याएको थियो ।

बाढिले स्थानीय सिताराम गुरुङ्ले संचालन गर्दै आएको होटल बगाएको छ । अर्को २ वटा होटलमा पनि बाढी पसेको छ ।

ह्वासिन सिमेन्टको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं