सुदूरपश्चिममा धेरै रोपाइँ दार्चुला र कम कञ्चनपुरमा

काठमाडौं– असार १५ सम्ममा सुदूरपश्चिमका चार जिल्लामा गत वर्षको तुलनामा बढी धान रोपाइँ भएको छ । असार १५ सम्ममा दार्चुला ६२ प्रतिशत, डडेल्धुरा ६० प्रतिशत, डोटी ६० प्रतिशत, कैलाली ५५ प्रतिशत धान रोपाइँ भएको छ ।

सुदूरपश्चिमका अन्य चार जिल्लामा भने यो अवधिमा गतवर्ष भन्दा कम धान रोपाइँ भएको छ । कृषि विभागको तथ्यांक अनुसार बझाङ्ग, बैतड र अछाममा ४५ प्रतिशत र कञ्चनपुरमा ३५ प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै बाजुरा जिल्लाले यस बर्ष पनि गत बर्षकै बराबर ५५ प्रतिशत धान रोपाइँ गरेको छ ।

यस वर्ष असार १५ सम्ममा सुदूरपश्चिममा ४८ दशमलव २१ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेशको धान रोपाइँ हुने १ लाख ६४ हजार ६ सय ३९ हेक्टर क्षेत्रफल मध्ये ७९ हजार ५ सय ४१ क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

गत बर्ष यो अवधिमा ८१ हजार ५ सय ६७ हेक्टर क्षेत्रफल अर्थात ४९ दशमलव ५४ प्रतिशत धानरोपाइँ भएको थियो ।

सुदूरपश्चिमका ९ ओटा जिल्ला मध्य कञ्चनपुरमा सबैभन्दा कम ३५ प्रतिशत धानरोपाइँ भएको छ । भने दार्चुलामा ६२ प्रतिशत सबैभन्दा बढी धान रोपाइँ भएको छ । दर्चुलाका धान रोपाइँ हुने ३ हजार ५ सय ६५ हेक्टर क्षेत्रफल मध्येमा २ हजार २ सय १० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

कञ्चनपुरमा दर्चुलाका धान रोपाइँ हुन ४५ हजार ५ सय १५ हेक्टर क्षेत्रफल मध्ये १५ हजार ९ सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । त्यस्तै बाजुरा जिल्लामा यस बर्ष पनि गत वर्षकै बराबर २ हजार ९ सय १७ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ हजार ६ सय ४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

यस्तै कैलालीमा यस बर्ष असार १५ सम्ममा गत बर्ष भन्दा बढी धान धान रोपाइँ भएको छ । गत बर्ष ४७ दशमलव ४९ प्रतिशत धान रोपाइँ भएको थियो भने यो बर्ष ५५ प्रतिशत धान रोपाइँ भएको छ ।

यस बर्ष ६७ हजार १ सय ९७ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये ३७ हजार १३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । भने गत बर्ष धानरोपाइँ हुने ६७ हजार २ सय ९७ हेक्टर क्षेत्रफल मध्ये ३१ हजार ९ सय ५९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

तराई जिल्ला भन्दा पहाडी जिल्लामा बढी धान रोपाइँ भएको छ । यस्तै यस बर्ष भौगौलिक क्षेत्रफलका अनुसार देशभर उच्च पहाडमा ३३ दशमलव ४८ प्रतिशत धान रोपाइँ भएको छ । उच्च पहाडका धानरोपाइँ हुने ४८ हजार १ सय ९३ हेक्टर क्षेत्रफल मध्ये १६ हजार १ सय ३५ हेक्टरमा धानरोपाइँ भएको छ ।

त्यस्तै मध्ये पहाडमा ३० दशमलव ९५ प्रतिशत धानरोपाइँ भएको छ । मध्य पहाडका ३ लाख ४६ हजार ९९ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्य १ लाख ७ हजार १ सय १५ हेक्टरमा क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

यसैगरी तराई जिल्लामा २७ दशमलव १२ प्रतिशत धान रोपाइँ भएको छ । तराइँका ९ लाख ७७ हजार ४ सय १४ हेक्टर रोपाइँ हुुने क्षेत्रफल मध्ये २ लाख ४८ हजार ७ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं