Monday, August 2, 2021

ओली पक्षको निर्णयमा धारणा बनाउन नेपाल पक्षको बैठक

काठमाडौं–एमाले वरिष्ठ नेता माधव नेपालले केपी ओली पक्षले गरेको निर्णयमा धारणा बनाउन आफू पक्षीय स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन्।

बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरू भएको बैठकमा बुधबार प्रधानमन्त्री ओलीले दसौं महाधिवेशन आयोजक कमिटी विघटन गरेर त्यसलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको घोषणा गरेका थिए।

सार्वजनिक रुपमा ओली पक्षको उक्त निर्णयमा फरक फरक प्रतिकृया जनाउँदै आएकाछन् । ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएका छन्।

उक्त बैठकमा नजाने नेपाल–खनाल पक्षीय नेताहरुले भने बैठकमा नजाने प्रतिक्रिया दिएका छन् ।

एमालेमा दोस्रो पुस्ताका नेताहरूले पार्टी एकताको लागि पहल गरिरहेकाछन् ।

बैठकमा ओली पक्षसँगको अनौपचारिक वार्तामा सहभागी दोस्रो पुस्ताका नेताहरूले ब्रिफिङसमेत गर्नेछन्। बिहिबार दुवै पक्षका नेताबीच छलफल भएको थियो। उनीहरू आजै ४ बजे बजे फेरि छलफलमा बस्ने कार्यक्रम छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं