Monday, August 2, 2021

असार १५ सम्म जम्मा एक चौथाई क्षेत्रमा धान रोपाइँ

काठमाडौं –कृषकको उत्सवको पर्वजस्तै मानिने असार १५ सम्म आइपुग्दा मुलुकका विभिन्न क्षेत्रका खेतमा रोपाइँँको चहलपहल बढेको छ ।

तर असार १५ सम्म आइपुग्दा रोपाइँँको तथ्यांक उल्लेखनीय छैन । यो अवधिमा बल्लतल्ल एक चौंथाई रोपाइँभएको कृषि विभागको तथ्यांक छ । यस वर्ष असार १५ सम्ममा आइपुग्दा देशभरमा २७.१२ प्रतिशत क्षेत्रमा धान रोपाइँभएको छ । धान रोपाइँहुने कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये ३ लाख ७१ हजार ९ सय ५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँभएको विभागको जनाएको छ ।

यस वर्ष मनसुन निकै छिटो भित्रिएको, मिनिट्रिलर, पावरट्रिलर, ट्र्याक्टरलगायतका यन्त्रका कारण तथा निषेधाज्ञाको समय शहर पसेका युवा गाउँमै हुँदा रोपाइँँ छिटो भएको आकंलन गरिएको भए पनि गत बर्षको भन्दा धान रोपाइँँ कम भएको देखिएको छ ।

विभागको तथ्याङ्कअनुसार गत वर्ष यो अवधिका ३५ दशमलव ४८ प्रतिशत अर्थात ४ लाख ८६ हजार ६ सय ६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँसकिएको थियो ।

यो वर्ष असार १५ सम्ममा कर्णाली प्रदेशमा सबै भन्दा बढी अर्थात ६२ दशमलव १४ प्रतिशत धान रोपाइँभएको छ । भने सबै भन्दा कम प्रदेश २ मा १० दशमलव ५५ प्रतिशत धान रोपाइँभएको छ ।

कर्णालीका धान रोपाइँ हुने ३८ हजार ३८५ हेक्टर क्षेत्रफ मध्ये २३ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । त्यस्तै प्रदेश २ मा ३ लाख ६५हजार ६ सय १५ हेक्टर धान रोपाइँ हुने मा ३८ हजार ५ सय ८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।

प्रदेश १ मा धान रोपाइँ हुने २ लाख ७५ हजार ९ सय १ हेक्टर क्षेत्रफल मध्ये ४९ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको विभागले जनाएको छ । विभागका अनुसार यो अवधिमा गण्डकीमा १ लाख ८ हजार २ सय ७८ हेक्टर मध्ये १६ हजार ६ सय १२ हेक्टरमा धान रोपाइँभएको छ ।

यस्तै बागमती प्रदेशमा खेती हुने १ लाख १५ हजार २ सय ९५ हेक्टर मध्ये २४ हजार २ सय ८८ हेक्टरमा धान रोपाइँ भएको छ । यसैगरी लुम्बिनी प्रदेशमा ३ लाख ३ हजार ५ सय ९३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल मध्ये १ लाख ३९ हजार ४ सय ५६ हेक्टरमा धान रोपाइँ भएको छ ।

सुदूरपश्चिम प्रदेशमा १ लाख ६४ हजार ६ सय ३९ हेक्टर धान रोपाइँँ हुने क्षेत्रफल मध्ये ७९ हजार ५ सय ४० हेक्टरमा धान रोपाइँँ भएको छ ।

यस वर्ष असार १५ सम्ममा प्रदेश १ मा १८ प्रतिशत, प्रदेश २ मा १० दशमलव ५५ प्रतिशत, बाग्मती प्रदेशमा २१ प्रतिशत, गण्डकी प्रदेशमा १५ दशमलव ३५ प्रतिशत, लुम्बिनी प्रदेशमा ४६ प्रतिशत, कर्णाली प्रदेशमा ६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ४८ प्रतिशत धान रोपाइँँ भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं