Wednesday, August 4, 2021

बैंकर्स संघद्धारा ग्राहकलाई सुरक्षित कारोबार गर्न आग्रह

काठमाडौं – नेपाल बैंकर्स संघले सजकताका साथ डिजिटल बैंकिङ्ख मार्फत सुरक्षित कारोबार गर्न सबै ग्राहकहरुलाई आग्रह गरेको छ । बुधबार एक प्रेस विज्ञव्ति निकाल्दै संघले विभिन्न सामाजिक सञ्लाल मार्फत अनाधिकृतरुपमा ठगी भैरहेका हुनाले सबै ग्रहकहरुलाई सजग रहन आुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, अहिले विभिन्न सामाजिक सञ्लाल मार्फत अनाधिकृत व्यक्तिले बैंक तथा बित्तीय संस्थाका ग्राहकहरुलाई चिट्ठा परेको र रकम पठाउनका लागी खाता / व्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं,मोबाइल नं, पासवर्ड ओ टी पी प्रप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको जनाकारीमा आएकोले यस विषयमा सजग रही आफ्नो व्यक्तिगत / गोप्य विवरण कुनैपनि व्यक्तसँग आदानप्रदान नगर्न आग्रह गरिन्छ ।

साथै संघले, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न सबै ग्रहकहरुलाई अुरोध गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं