पाल्पामा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव

पाल्पा–पाल्पाको निस्दी गाउँपालिकाको वडा नं ५ ढुंगानावेशीमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।

कृषि ज्ञानकेन्द्र पाल्पा र निस्दी गाउँपालिका कृषि शाखाको आयोजनामा भव्यताका साथ धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । यसवर्ष ‘धान उत्पादनमा बृद्धि खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारा सहित देशैभर १८ औँ धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको छ ।

ढुंगानावेशीमा स्थानीय तर्कबहादुर बयम्बुको तीन रोपानी खेतमा कृषकको उल्लेख्य सहभागीतामा रोपाई महोत्सव सम्पन्न गरिएको छ । कृषकलाई कृषिप्रति आकर्षित गर्न, धान उत्पादनमा बृद्धि ल्याउन रोपाई महोत्सव गरिएको हो ।

स्थानीय पन्चेबाजाको साथमा सामुहिक रुपमा धान रोपाई हेर्नेको उत्साहजक सहभागीता रहेको थियो ।

कृषकले अझैपनि यदकदा पुरानै प्रबिधिबाट खेती गर्ने, पुरानो वीउ विजनको प्रयोग गरेर धान रोपाई गर्ने चलन कायमै रहेकाले आधुनिक प्रबिधिबाट खेती गरी आर्थिक समृद्धि बढाउन धान दिवस तथा रोपाई महोत्सव कार्यक्रम आयोजना गरिएको निस्दी गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले जानकारी दिए ।

वडा सदस्य दुर्गाबहादुर सोमैको अध्यक्षतामा भएको महोत्सवको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले उद्घाटन गर्नुहुदै कृषि आधुनिकीकरण, यान्त्रिकरणको प्रयोग गरी कृषिमा आत्मनिर्भर बनाउन धान दिवस अति महत्वपूर्ण रहेको बताए ।

उनले कृषक आत्मनिर्भर नभएसम्म गाउँ, देश समृद्ध नहुने बताउँदै कृषि व्यवसायमा उत्प्रेरित गर्ने खालका कृषिका कार्यक्रम संचालनमा गाउँपालिकाले प्राथमिकता दिएको बताए ।

कार्यक्रममा कृषि ज्ञानकेन्द्र पाल्पाका कृषि प्रसार अधिकृत जेदुराम घिमिरेले यसवर्ष पाल्पा जिल्लामा निस्दी गाउँपालिका र तानसेन नगरपालिकामा धान दिवसको कार्यक्रम संचालन गरेको थिए ।

समाजसेवी मेयर सिं थापा, गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष तिरणकुमारी श्रेष्ठ, निस्दी ३ का वडा सदस्य देवबहादुर पाटा, जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक तर्कबहादुर बयम्बु, नेकपा एमाले गाउँ संगठन कमिटि निस्दीका अध्यक्ष हेमबहादुर खाम्चा लगायतले बोल्दै धान दिवसले कृषि कार्यमा कृषकको आकर्षण बढ्दै गएको जानकारी दिए ।

लेकबेशी कृषक समुहका सदस्य रमा सोतीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन निस्दी गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले गरेका थिए।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं