Sunday, August 1, 2021

एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग, माओवादीबाट एमालेमा आएका नेता लगाएत आठ जना स्थायी कमिटीमा थपिए

काठमाडौं – नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरेको छ । कमिटीको बुधबार बसेको आयोजक कमिटीको बैठकले नेकपा एमाले र माओवादी केन्द्रको एकता भन्दा अगाडिको अवस्थामा फर्किएको एमालेका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले जानकारी दिए ।

यस अघि एमालेको केन्द्रिय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाएको भएपनि अब फेरि केन्द्रिय आयोजक कमिटी बनाउने निर्णय भएको बताए ।

प्रवक्ता ज्ञवालीले महाधिवेशन आयोजक कमिटीलेबीचमा गरेका निर्णय निस्प्रभावी हुने बताए । योसँगै पार्टीको नेपाल–खनाल समूहका ११ जना माथि गरिएको कारवाही फुकुवा भएको छ ।

आयोजक कमिटी निस्प्रभावी भने पनि यसबीचमा स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थपेको निर्णय भने सदर भएको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं