Monday, August 2, 2021

बिहीबारबाट दैनिक ६४ आन्तरिक हवाई उडान हुँदै

काठमाडौं – आन्तरिक हवाई उडान बिहिबारबाट खुल्नेभएका छन् । कोरोनाका कारण निषेधाज्ञा लागू हुँदा बन्द भएका आन्तरिक उडान बिहिबारबाट खुल्न भएका हुन् ।

वायुसेवा संचालक संघका अनुसार बिहीबारबाट दैनिक ६४ उडान हुने छन् । बिहीबार बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुनेभएका छन् । संघका प्रवक्ता योगराज कँडेलका अनुसार बुद्ध एयरले ३१, यती एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७ र सौर्य एयरले दैनिक ३ उडान गर्नेछन् ।

निषेधाज्ञा सुरु हुनु अघिको तुलनामा बिहिबारबाट हुने उडान ५० प्रतिशतले कमी हो । गत वैशाखसम्म दैनिक १३० आन्तरिक उडान हुँदै आएका थिए । वायुसेवा सञ्चालकहरुले आन्तरिक उडानको सबै तयारी पूरा भएको जनाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं