Saturday, July 24, 2021

असार २४ देखि युनियन लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्ने

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले सर्वसाधारणको लागि ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीको लागि र ३ लाख २२ ५ सय कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ ।

कम्पनीको आईपिओमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्ताको लागि दिन सकिने छ ।

हाल कम्पनीको जारी पूँजी २ अर्ब १५ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्ने छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं