Saturday, July 24, 2021

एक्यानले प्रभावकारी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई दियो सुझाव, सुशासन, पारदर्शितामा स्वतन्त्र पेशागत संस्थासँगको सहकार्यमा जोड

काठमाडौं–नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)ले आगामी मौद्रिक नीतिमा सुशासन, पारदर्शितामा चार्टड एकाउन्टेन्टस् जस्ता स्वतन्त्र पेशागत संस्थासँगको सहकार्यलाई प्राथमिकता दिँदा प्रभावकारी हुने सुझाव दिएको छ ।

एक्यानको प्रतिनिधि मण्डलले मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी मौद्रिक नीतिमा संंघको तर्फबाट सुझाव दिएको हो ।

एक्यानका अध्यक्ष आनन्दराज शर्मा वाग्लले मौद्रिक नीतिमा लेखा व्यवसायी लगायत समर्ग अवस्थाको विश्लेषण गर्दै आवश्यक सुझाव दिएको जानकारी दिए । उनले कोरोनाको कारण प्रभावित भएका व्यावसायीलाई अति प्रभावित, प्रभावित र न्युन प्रभावित गरेर आवश्यक सहयोग गर्न सुझाव दिएको बताए ।

‘हामी व्यावसायीले पुनकर्जाको सुविधा पाउने कुरामा विभेद भएको गुनासो पनि सुनायौं । ठूला होटल तथा व्यावसायीले सुविधा पाएको तर सानाले नपाएको भन्ने समस्या छ’ उनले भने, ‘यो समस्या समाधानको लागि व्यावसायी छनौट गर्दा राष्ट्र वैंक संलग्न हुनुभन्दा पनि चार्टड एकाउन्टेन्टस् लगायतका स्वतन्त्र पेशागत संस्थाको सहभागितामा छनौट गरि सिफारिसको आधारमा पुर्नकर्जा उपलब्ध गराउन सुझाव दिएका छौं ।’

त्यस्तै मुलुक संघीयतामा गइसकेको अवस्थामा वजेट कार्यान्वयन लगायतको अवस्थामा प्रभावकारिता ल्याउन हरेक प्रदेशमा प्रदेशिक बैंकको स्थापना गर्न एक्यानले सुझाव दिएको छ । उनले वैंकिंङ्ग प्रणालीलाई व्यवस्थित गर्न राष्ट्र वैंकले भुक्तानी गर्दा क्युआर कोड मार्फत भुक्तानी गर्ने व्यवस्था गरेको भएपनि भुक्तानी प्रदायक संस्थाले लिने कमिसनको कारण यस तर्फ आकर्षण नदेखिएको बताए ।

‘बैंकमा चेक मार्फत पैसा झिक्दा कमिसन लाग्दैन तर क्युआरबाट भुक्तानी गर्दा गेट वेले कमिसन लिने र सानो सानो रकम भएपनि धेरै कारोवार हुँदा धेरै कमिसन गइरहेको छ’ उनले भने, ‘कमिसन रोकेको अवस्थामा डिजिटल भुक्तानीका आकर्षण बढ्ने कुराको स्मरण गराएका छौं ।’

उनले भ्रष्टाचारलाई न्युनिकरण गर्न घुसको लेनदेन नगदमै हुने भएकोले एक हजार र पाँच सयका नोटको प्रयोगलाई विस्तारै क मगर्दै जान सकिने कुरामा सुझाव दिएको बताए । एक्यानले सीए अध्ययनको लागि गैर आवासिय नेपाली संघले चक्रिय कोष मार्फत छात्रवृत्ति उपलब्ध गराउने बताएको तर राष्ट्रवैंकले अनुमति नदिएकोले यसलाई सहजिकरण गर्दै लाइसेन्स उपलब्ध गराउन आग्रह समेत गरेको छ ।

वित्तिय संस्थाको संख्या बढ्दै गएको तर वित्तिय संस्थाको लेखा परिक्षण गर्दा अहिले १० प्रतिशत संस्थामा मात्र लेखा परिक्षण गर्ने प्रावधान भएको हुँदा यसले वित्तिय अनुशासनमा समेत शंका उत्पन्न हुने हुँदा शाखा लेखा परिक्षणको नीति ल्याउन सुझाव दिएको वाग्लले बताए ।

त्यस्तै कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत भ्याट खातामा फिर्ता हुने भनिए पनि त्यसको कार्यान्वयन नभएको भन्दै त्यसको कार्यान्वयनको लागि एक्यानले सुझाव दिएको छ । वाग्लले वित्तिय संस्थाले कर्जा दिँदा मौज्दात र आसामीका आधारमा उपलब्ध गराउने गरेकोले यसले सर्व साधारणको वचत जोखिममा पर्ने भन्दै यसको मुल्यांकन गर्दा सीएको सुपरिवेक्षणका आधारमा कर्जा उपलब्ध गराउन व्यवस्था गर्न सुझाव दिएको बताए ।

उनले बहुराष्ट्रिय कम्पनीले डिभिडेन्ट लैजाँदा लाग्ने करको कुरामा एक रुपता नभएको र राष्ट्र बैंकका कर्मचारी अनुसार फरक फरक प्रावधान सुनाउने गरेको गुनासो आएकोले त्यस्ता प्रकृयामा चार्टड एकाउन्टेन्टस्को सुपरिवेक्षणलाई अनिवार्य गरे सहजता आउने कुराको स्मरण गराएको जानकारी दिए ।

अध्यक्ष वाग्लेले गर्भनर अधिकारीले आफूहरूले दिएका सुझावलाई सकारात्मक लिएको र कार्यान्वयन गर्ने कुरामा सकारात्मक रहेको बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं