Sunday, July 25, 2021

थप २६ सय ३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं –पछिल्लो २४ घण्टामा २६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४ सय ८९ एन्टिजेन परीक्षणमा ९ सय ८ गरी २६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ४४ सय ८९ जना कोरोना संक्रमणमुक्त भएकाछन् । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं