Sunday, August 1, 2021

प्रधानन्यायाधीशको प्रश्न, ‘प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन ?’ नायब महान्यायाधिवक्ताको जवाफ, ‘आत्म समर्पण गर्न पाइन्छ’

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा किन गएनन् भनेर प्रश्न गरेकाछन् ।

उनले संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले ‘विश्वासको मत मत प्राप्त गर्न र नगर्न संसदमा जानुपर्ने हैन र ? भनेर प्रश्न गरे ।

प्रधान्यायाधीश जबराको यो प्रश्नपछि नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत प्राप्त नगर्ने निश्चित भएकाले आत्म समर्पण गरेर संसदमा नगएको जवाफ दिएका थिए ।

पाण्डेयका जवाफ थियो, ‘विश्वासको मत प्राप्त नगर्ने कन्फर्म थियो । र विश्वासको मत लिन्न भन्ने प्रस्ताव संसदमा पेश गर्नुपर्छ भन्ने व्यवस्था छैन । यो भएको भए पाउन र नपाउन पनि संसदमा जानुपर्दथ्यो । त्यसकारण विश्वासको मत नपाउन संसदमा गैरहन पर्दैन ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं