Saturday, July 24, 2021

छुपुमा छुपु हिलोमा धान (फोटो फिचर)

मिथुन कुँवर


काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । सरकारले राष्ट्रिय धान दिवस मनाउन लागेको १८ वर्ष पुगेको छ । यसपालीको धान दिवसको नारा धान उत्पादनमा वृध्दि : खाद्यसुरक्षा, आत्मनिर्भरता र सम्वृध्दि तय गरिएको छ ।

मुख्य अन्नबालीको रुपमा रहेको धान मुलुकभर १५ लाख हेक्टरमा रोपिने अनुमान छ । तर धानमा नेपाल अहिलेसम्म पनि आत्मनिर्भर बन्न सकेको छैन । तथ्यांकले मागको ८३ प्रतिशत मात्र स्वदेशी उत्पादनले थेग्छ । सरकार आउँदो ५ वर्षका धानमा आत्मनिर्भर बन्ने योजनामा छ ।

धान दिवसको सन्दर्भका हामीले पाल्पा र नवलपरासीका विभिन्न ठाउँमा पत्रकार मिथुन कुँवरले संकलन गरेका तस्विर समेटेका छौं । उनले यी तस्विर यो वर्ष र गत वर्ष लिएका हुन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं