Saturday, July 24, 2021

व्यक्तिगत प्रयासमा गजेन्द्रको गाउँ गाउँमा कोरोना विरूद्ध सचेतना अभियान

मुगु– कोरोनाको महामारी सबै तिर फैलिएको छ । हिमाली जिल्ला मुगु त्यसबाट टाढा रहने कुरा भएन । कोरोना जसरी फैलिएको छ, त्यसलाई रोक्न सरकारको प्रयास मात्र पर्याप्त हुनसक्ने अवस्था छैन । यसको लागि नागरिक तहबाट अभियान चलाउन आवश्यक छ, चलेको पनि छ ।

यही अभियानलाई अगाडि बढाउँदै आएकाछन्, मुगुका गजेन्द्र मल्ल । मुगु गमगढीमा छायाँनाथ डिजिटल फ्लेक्स प्रिन्टर्स चलाउँदै आएका मल्ल अहिले स्थानीयलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहित कोरोना विरुद्ध सचेतना अभियान चलाउँदै आएकाछन् ।

उनी घरघर पुगेर कोरोनाबाट कसरी बँच्ने भन्ने सिकाउँछन् र मास्क लगाउन सिकाउँदै मास्क समेत उपलब्ध गराउँछन् ।

छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँमा पुगेर उनले स्थानीयसँग भेट गरेर सचेतना कार्यक्रम गरिरहेका थिए । उनले सचेतना जानकारी सहित हरेकलाई मास्क लगाउन प्रोत्साहन गर्दै मास्क दिन्छन् ।

योसँगै उनले अपाङ्गता भएका कोरानाबाट रोजगारी गुमाएका मजदुरलाई एक बोरा चामल, एक नुन , दाल समेत राहत स्वरुप सहयोग गर्दै आएको बताए ।

उनले अहिले सम्म नगर भित्र का वडा नं ४, ६ , ७ र ८ वडाका बस्तीहरूमा पुगि आफूले बचत गरेर राखेको थोरै रकमबाट सहयोग कोरोना को माहामारीको बेलामा नगरका बस्तिहरूमा पुगेर सहयोग गर्दै आएको मल्ले बताए । उनले नगरका बाँकी वडामा असार महिना भित्र सचेतना कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखेको बताए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं