४२ जना संक्रमितको मृत्यु, ३८ सय ५३ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । थप २४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६ सय ४८ पीसीआर परीक्षण र ४९ सय ९२ एन्टिजेन गरी जम्मा ११ हजार ६ सय ४० परीक्षणमा २४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३८ सय ५३ रहेको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं