Wednesday, August 4, 2021

माधव नेपाल प्रचण्डको पुच्छर : प्रधामन्त्री ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुच्छर भएको टिप्पणी बताएकाछन्।

जननेता मदन भण्डारीको ७० औं जन्मस्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेता नेपालले आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीको थियो ।

‘प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे , उनलाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ र ? माधव नेपालले आफै भन्दै हिडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे, अध्यक्षको प्रस्ताव राखे भनेर’ प्रधानमन्त्री ओलीले भने। ‘ म शेर बहादुर देउवा प्रति यति सर्मपित छु । म देशलाई, पार्टीलाई, जनतालाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टी नै ज्वईन गर्न पनि सक्छन् । कार्यकर्ता भएर हिडेका छन् ।’

कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । नेता नेपालले कम्युनिष्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको दाबी प्रधानमन्त्री ओलीको थियो ।

उनले भने, ‘यीनी एकढंगले भन्ने हो भने प्रचण्डको पुच्छर हुन् । जन्तु पुर्वतिर फर्कियो भने पुच्छर पश्चिमतिर हुन्छ , पश्चिमतिर फर्कियो भने त्यो (पुच्छर) पुर्वतिर हुन्छ । फर्किन्छ । पछाडि पछाडि संगै हुन्छ क्या त्यो । उनी यता जाउँ भने भने पछि पछि त्यतै लाग्छ । काग्रेसतिर जाउँ भनेपछि त्यतै पछि पछि लाग्छ ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं