Sunday, July 25, 2021

पाँच विद्यार्थी संगठनले १६ र १७ गते प्रधानमन्त्रीको पुत्ला दहन गर्ने

काठमाडौं– पाँच विद्यार्थी संगठनले असार १६ गते उपत्यका बाहिर तथा १७ गते उपत्यकामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्ने भएकाछन् ।

सोमबार बसेको पाँच विद्यार्थी संगठनको संयुक्त बैठकले सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनका विरुद्ध तथा संसद पुनस्र्थापनाको माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले मुल्यवृद्धि, भ्रष्टाचार लगायतमा सरकारको मौनताको भत्र्सना गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै शैक्षिक समस्या बारे त्रिभुवन विश्वविद्यालयमा ध्यानाकर्षण जनाउने, लकडाउनको अवधिको शुल्क फिर्ता गर्न निजी शैक्षिक संस्था आह्वान गर्ने जनाएको छ ।

मन्त्री पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीबाट संविधान र कानुनलाई चुनौति दिने गरि गरिएको हर्कतको विरोध गर्दै दलित आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्ने निर्णय गरेको जनाएको छ।

त्यस्तैै आम नागरिक, विद्यार्थी तथा शिक्षकलाई खोपको व्यवस्था गर्दै शैक्षिक संस्था संचालनको वातावरण बनाउन माग गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं