Sunday, July 25, 2021

पहेंलो धातु सहित ३ जना पक्राउ

कैलाली – गोदावरी नगरपालिका-२ अत्तरीया बसपार्कबाट १ सय २० ग्राम सुन जस्तो देखिने पहेंलो धातु, नगद ८ हजार  ६ सय रुपैयाँ र ५ थान मोबाइल सहित डडेल्धुरा अमरगढी नगरपालिका-८ बस्ने २० वर्षीय महेश सार्की सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गेरको जनाउकाे छ ।

प्रदेश ३-०१ -००२ च ४६९९ नम्बरको कारलाई प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त धातु सहित फेला पारी कार चालक कार्की समेत ३ जनालाई पक्राउ गरेको हो ।  

  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं