Saturday, July 24, 2021

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्दै फेरि एक साता थपियो

काठमाडौं – उपत्यकामा यसअघि थपिएको निषेधाज्ञा आज (सोमवार) रातिदेखि सकिनै लाग्दा फेरि एक साता थपिएको छ ।

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाएर एक साथा लम्ब्याउने निर्णय गरेको हाे।

निर्णयअनुसार भोलि मंगलवारदेखि सार्वजनिक यातायातसमेत जोर विजोर प्रणालीमा सञ्चालन हुने भयका छन् । त्यस्तै लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन । सबै किसिमका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म खोल्न दिइने छ । खाद्यन्य तथा फलफूल र तरकारीका बजारहरू बिहानैदेखि खुल्ने भएका छन् ।

यस अघि पनि कोरोनाभाइरस सङ्क्रमणमा कमी आएको भन्दै गत सातादेखि नै उपत्यकाभित्र जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन भने दिइएको थियो ।

यस्तै सबेैप्रकारका सभा, सम्मेल, गोष्ठी, तालिम, सेमिनार सिनेमाहल पार्टीप्यालेस, डान्बार दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मरोञ्जल स्थ्ल, सैलून, ब्यूटीपार्लर, हेल्थक्लब, फटसल, जिमखाना, पुस्तकालय, संग्रलय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्यलगाएतका क्षेत्रमा भने निषेधाज्ञा खुकुलो नबानाइएको जनाइएको छ ।

बैठकअनुसार व्यवस्थित र स्वास्थ्य मापदण्ड पालन गरेर विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म २५ सिट क्षमताभन्दा बढीका यात्रुबाहक सार्वजनिक सवारी साधन चलाउन दिइने छ ।

यो सँगै उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुँदै गएको छ । दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं