Saturday, July 24, 2021

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै

काठमाडौं – आज राति १२ बजेदेखि उपत्यकामा पछिल्लो समय केही खुकुलो बनाएर जारी गरिएको निषेधाज्ञा सकिँदैछ । उक्त निषेधाज्ञाबारे थप निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको आज दोस्रो बैठक बस्ने भएको छ ।

आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुनः आज बैठक बस्न लागेको बताइएको छ । आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर–बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन नसकेपछि आज पुनः आज बैठक बस्न लागेका हो ।

बैठकमा जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको थियो । आइतबारको बैठकले थप खकुलो बनाए निषेधाज्ञ थप्ने विषयमा भने सहमति भएको बताइएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं