Sunday, August 1, 2021

सांसद रहेर बेदुराम माओवादीमा जान सक्छन्, स्वतन्त्र बस्न सक्दैनन् : खिमलाल भट्टराई

काठमाडौं–नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य डा.बेदुराम भुसालले पार्टी परित्याग गरेको घोषणा गरेकाछन्। उनले संसद सचिवालयलाई पत्र लेख्दै आफू स्वतन्त्र सांसदको हैसियतमा रहनुपर्ने माग गरेका छन् ।

उनको यो कदमलाई पार्टी र आन्दोलनमाथिको गद्धारी भन्दै एमाले नेता तथा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले पार्टी परित्यागपछि उनी स्वतन्त्र हुने तर सांसद भई रहन संभव नहुने बताएकाछन् ।

उनले कारण खोलेकाछन्, ‘किनभने दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेको छ, त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद हुन सक्दैन ।’

उनले प्रश्न गरेकाछन्, ‘सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।’

भट्टराईले भुसाललाई स्वतन्त्र भएको मै शंका गरेका छन् । ‘कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफुलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ । अब वहाँ के भन्नु हुन्छ ? वहाँ के स्वतन्त्र सांसदको नेता हुनुहुन्छ त ?’ उनले भनेकाछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं