Wednesday, August 4, 2021

मदनको स्मृतिमा जबजको स्मरण गर्दै नेपालले ओली माथि तितो पोखे

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरूद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरू नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा भएको बताएकाछन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली प्रति संकेत गर्दै यो अवस्था सबैको लागि दुखत रहेको उल्लेख गरेकाछन् । मदन भण्डारीको ७० औं जन्मजयन्तीको स्मृतिमा सामाजिक संजालमा उनले अहिले पार्टी विधि र पद्धति बाहिर गएको भन्दै तितो पोखेकाछन् ।

‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरूद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरू नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो ।’ उनले भनेका छन् ।

उनले विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक –आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नायकका शिराबाट एकीकृत गर्ने अभियानमा लाग्नुपर्ने औल्याएकाछन् ।

अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास को नायकका आधार निर्माण गरेको स्मरण गरेकाछन् ।

उनले भनेकाछन्, ‘कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मघात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दुख– सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं