योग्यता नपुगेको भन्दै दायर भएको रिटले राजदुत हुनबाट रोक्यो कार्कीलाई, कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं– बहराइनका लागि राजदुतमा सिफारिस भएका युवराज कार्कीलाई कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ।

उर्नी स्नातक तहसमेत पास नभन्दै राजदुत हुनबाट रोकेको हो । न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले आइतबार उनको नियुक्तिको निर्णय कार्यान्वयन नगर्न भनेको हो।

उनलाई सरकारले मन्त्री भैसकेका व्यक्तिलाई स्नातक तह पास गरेको हुन नपर्ने भन्दै राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेको थियो। यही व्यवस्थाअनुसार झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य प्रशासन मन्त्री भएका कार्कीलाई गत वैशाख २५ मा सरकारले बहराइनको राजदुत नियुक्तिको लागि सिफारिस गरेको थियो।

अधिवक्ता दीपकविक्रम कार्कीले राजदूतमा सिफारिस भएका कार्कीको योग्यता र दक्षतामा प्रश्न उठाउँदै रिट दिएका थिए। साथै उनले परराष्ट्रका सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणी वा प्रथम श्रेणीका बहालवाला अधिकृतबाट कूल राजदूत पदको पचास प्रतिशत नघट्ने गरी पचास प्रतिशत नियुक्त गर्नुपर्ने प्रश्न पनि उठाएका थिए।

यो प्रश्नमा भने अदालतले रिटको अन्तिम सुनुवाइ गर्दा नै सम्बोधन गर्ने बताएको छ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं