Monday, August 2, 2021

चितुवाको आक्रमणमा परी एक जना घाइते, गोली प्रहारबाट चितुवाकाे मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका-७ तोलातुङ बस्ने ३८ वर्षीय लाल बहादुर बिक आइतबार चितुवाको आक्रमणमा परी घाइते भएका छन् । घाइते बिक गल्याङ नगर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

गल्याङ नगरपालिका-७ फाँटस्थित खड्क बहादुर गाहाको बंगुर खोरमा चितुवा पसी ८ वटा बंगुरमध्ये ३ वटा मारेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटिई गएकोमा चितुवा अचानक खोरबाट निस्की करिब ५० मिटर टाढा रहेका बिकलाई आक्रमण गरेको थियो ।

बिक लगायत अन्य मानिसहरू समेतको जिवन रक्षा र थप क्षति नहोस भनि सब डिभिजिन बन कार्यालयका कर्मचारी र स्थानीय जनप्रतिनिधिको रोहवरमा चितुवालाई गोली प्रहार गर्दा चितुवा मरेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

मृत चितुवा बन कार्यालयलाई जिम्मा लगाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा गल्याङ नगरपालिका-३ स्थित नर्सरी बन कार्यालयको कम्पाउण्डभित्र खाडलमा पुरी ब्यबस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं