Saturday, July 24, 2021

२४ घण्टामा थप ३४ जनाको मृत्यु, ३ हजार ७ संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । यो संगै आजसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज १३ सय ५३ पीसीआर परीक्षण र ५ सय ६७ एन्टिजेन गरी जम्मा १९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ७ रहेको छ । हालसम्म सक्रिय संक्रमण मुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं