Sunday, July 25, 2021

२७ अंकले बढ्यो नेप्से सूचक

काठमाडौं – साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से सूचक दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक २७.३८ अंकले बढेर २८७०.३८ को बिन्दुमा पुगेको हो ।

आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी र सेन्चुरी कमर्सीयल बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हाइड्रोपावर, बैंकिङ लगायत ८ समूहको समूहगत सूचक बढेको छ भने फाइनान्स, विकास बैंक लगायत ५ समूहको समूहगत सूचक घटेको छ ।

हाइड्रोपावर समूहको सर्वाधिक बढी २.६७ प्रतिशत बढेको छ भने बैंकिङ समुहको २.०१ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूहको सर्वाधिक बढी १.७६ प्रतिशतले घटेको छ ।

आज नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक बढि ४० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेन्चुरी कमर्सीयल बैंकको ३७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घट्यो नेप्से

Leave a Reply

ताजा खबर

यो पनि पढौं