Saturday, July 24, 2021

‘भ्यागुताको धार्ने’ नपुगेको गण्डकीको मन्त्रिमण्डल

काठमाडौं– ‘भ्यागुताको धार्ने’ पुराउने अभ्यासको हाल गण्डकी प्रदेशमा भएको छ । मुख्यमन्त्री बनेर चारजना बिना विभागीय मन्त्रालयको जिम्मेवारी दिएका कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई जिम्मेवारी दिएकी छन्।

नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएकाछन् ।

बिना विभागीय रहेका राजिव गुरुङ (दीपक मनाङे) र जसपाबाट मन्त्री बनेका हरिकृष्ण आचार्य बिनाविभागीय फेरि पनि नै रहेकाछन् । मनाङेले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहेका छन् । त्यस्तै जसपालाई ऊर्जा, जलस्रोत, सिंचाई तथा खानेपानी मन्त्रालय र भूमि व्यवस्था मन्त्रालय दिन प्रस्ताव गरिएकोमा जसपाले अस्विकार गर्दै आएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं