नेतृत्व, युवा र प्रविधि

रामदिप आचार्य
केन्द्रीय सदस्य, नेकपा(माओवादी केन्द्र), अध्यक्ष, समाजवाद अध्ययन प्रतिष्ठान

मेरो विश्लेषण छ कि उमेर र कामको प्रभावकारिताकोबीचमा समानुपातिक सम्बन्ध छैन । धेरै उमेर बढ्दै जाँदा कामको प्रभावकारिता घट्दै जान्छ । जीव वैज्ञानिक आँखाबाट हेरौँ वा समाज वैज्ञानिक । यसका बारेमा पनि हामी गहन छलफल गर्न सक्छौँ ।

जब राजनीतिक प्रणालीमा संकट आँउछ प्रायजसो नेतृत्वका बारेमा बहस हुने गर्दछ । यो कुरा सफलताको बेला पनि उत्तिकै उठ्ने गर्दछ । नेतृत्वले सफलताको श्रेय र असफलताको अपजस दुबै बोक्ने गर्दछ । मानव जाति निरन्तर अग्रगतिमा यात्रारत विशेष प्राणी हो । स्वभावैले यो यथास्थितिमा रहन सक्दैन । अहिले पनि नेपाली राजनीतिमा युवा नेतृत्वका बारेमा बहस हुने गरेको छ ।

खासगरी सामाजिक सञ्जालमा हुने छफलफलहरूमा युवा नेतृत्वका बारेमा थुप्रै प्रश्नहरू उठ्ने गरेको छ । असक्षम भए, हुतिहारा भए, नयाँ गर्न सकेनन्, पिछलग्गु भए आदि । यो आम राजनीतिमा जस्तै कम्युुनिष्ट राजनीतिमा पनि उत्तिकै चलिरहेको छ । यहाँ युवा नेतृत्वका सवालहरू बारे केही चर्चा गर्नु आवश्यक हुन गएको छ ।

हामी कम्युुनिष्ट घोषणापत्रका हरफ हरफ पढेर आफूलाई कम्युनिष्ट ठान्नेहरूले माक्र्स र एंगेल्स पढ्ने नै भयौं । मानव जातिले आर्जन गरेको सर्वोच्च ज्ञान भर्न उद्दत कार्ल माक्र्स र उनका उस्तै उचाईका वैज्ञानिक अनुसन्धान कर्ता साथी फ्रेडरिक एंगेल्सले क्रमशः ३० र २८ वर्षमा लेखेको कालजयी कृति ‘कम्युनिष्ट घोषणपत्र’ले संसार हल्लाएको संझेर आफू बुढो भएको र केही गर्न नसकेको ठान्नु स्वाभाविक हो ।

जतिबेला मेन्सेविकका विरुद्धको संघर्षमा सफलता प्राप्त गरेर बोल्शेविकको जग हाल्दै गर्दा लेनिन जम्मा ३३ वर्षका मात्रै थिए । भूगोलमा संसारको सबैभन्दा ठूलो र जनसंख्यामा तेश्रो ठूलो देशमा क्रान्तिको झण्डा उनैले उचाले । पहिलो समाजवादी देश निर्माण गरे । संसारको सबैभन्दा विशाल जनसंख्या भएको देश चीनको सफल क्रान्तिको अगुवाई गर्ने कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा पुग्दा माओ मात्र ४२ वर्षको थिए ।

मात्रै ३९ वर्षको छोटो आयु बाँचेर शहीद भएका चे–ग्वेभाराको जीवनीले प्रभावित नगरेको सायदै कोही कम्युनिष्ट होला संसारमा । ३६ वर्षको उमेरमा संयुक्त राष्ट संघको सभालाई सम्बोधन गर्दै विभेदकारी लुटेरा पूँजीवादको बदला सच्चा समाजवादको पक्षमा वैचारिक झण्डा उचालेर संसारलाई अपिल गरेका थिए । चेले जहिले पनि हामीलाई अदम्य क्रान्तिकारी साहस र उच्च आशावादले ओतप्रोत जीवन बाँच्न प्रेरित गरिरहे ।

जसरी भारतमा गान्धीलाई सरलताको सगरमाथा भनेर चिनिन्छ, उसैगरी भियतनाममा हो चि मिन्हलाई । अमेरिकाले हारेको महान् युद्धका नायक हुन् उनी । जनताबाट जे अभूतपूर्व विश्वास आर्जन गरे उनले सबै आफ्नो युवाकालमै गरेका थिए । ३६ वर्षको उमेरमै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापना गरिसकेका किम इल सुङकाबारेमा त हामीहरू जानकार नै छौं ।

उनका नाती ३८ वर्षीय किम जोन उनले त विश्व पूँजीवादको लागि एटम बम जत्तिकै काम गरिरहेका छन् । भलै कम्युनिष्ट आन्दोलनमा बंश परम्परा कति सही हो भनेर विमर्श गर्नुपर्ने होला । भर्खरै दक्षिण कोरियाको विपक्षी दलको प्रमुख नेतृत्वमा ३६ वर्षी युवा निर्वाचित भएको समाचार शेयर गर्नेको कमि नेपालमा पनि छैन । भारतीय स्वतन्त्रता आन्दोलनका एकजना २४ वर्षीय नायक भगत सिंहले जीवनकालमा जति चर्चा बटुले उनको शहादत पछि त्यो भन्दा कयौं गुणा बढी । भगतसिंहको फिल्म नहेर्ने को होला ?

रणनैतिक सवालमा पुरानोको भूमिका बढाउने र कार्यकारी भूमिकाहरूमा नयाँ टिमको अभ्यास गर्ने । एकले अर्कालाई निषेध होइन कि पुरकको भूमिका निर्वाह गर्ने । के हामी नेतृत्व प्रणालीमा नयाँ खाले अभ्यास गर्न सक्छौँ ? सक्नुपर्छ ।

हामीसँग यस्तो सूची लामो छ । २९ वर्षको उमेरमा संसारको सुखको खोजीमा घर छोडेर हिँडेका बुद्ध होउन् वा ३३ वर्षमा आधा विश्व जितिसकेको सिकन्दर । ३२ वर्षका चर्चित इतिहासकार रटर ब्रेगम्यान होउन् वा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने युसुफजाई मलाला वा फेसबुकका मालिक मार्क जुकरवर्ग । अष्ट्रियाका ३४ वर्षीय चान्सलर, फिनल्याण्डकी ३५ वर्षीा प्रधानमन्त्री, कतारका अमीर, मंगोलियाका प्रधानमन्त्री, न्यूजील्याण्डको प्रधानमन्त्री, एल साल्भाडोरको राष्टपति, जर्जियाको प्रधानमन्त्री सबै युवाहरू नै छन् । फ्रान्समा पनि ३९ वर्षी राष्टपति निर्वाचित भएका थिए ।

हामी उहीले हेरौं या अहिले अनन्त प्रेरणा पाउँछौँ । पुष्प लाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीको गठन गर्दा मात्र २५ वर्षका थिए । वी.पी कोइराला ३५ वर्षमा त देशको प्रधानमन्त्री भइसकेका थिए । केवल ४२ वर्ष बाँचेका मदन भण्डारीले जे ख्याती आर्जन गरे युवा कालमै गरे । ३६ वर्षमा पार्टीको मूल नेतृत्वमा पुगेका अध्यक्ष प्रचण्डबाट त आजसम्म हामीले प्रेरणा लिइरहेका छौं नै । समाकालिन अन्य नेतृत्व पनि युवा कालमै खास योगदान गरेर यहाँसम्म आएको हामीलाई थाहा नै छ ।

अर्कोतिर, बेलायतको ९५ वर्षीय महारानी, क्यामरुनका ८८ वर्षीय राष्टपति, लेवनानको ८७ वर्षीय राष्टपति, ८५ वषीर्य प्यालेस्टाइनी राष्टपति, प्रधानमन्त्रीको समेत काम गर्ने सउदी राजा, कुवेतको अमीर, गिनीको राष्टपति सबै ८० को उमेर काटी सकेका छन् । ९४ वर्षीय मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्दले गत वर्षमात्रै राजीनामा दिए । उमेरको पर्खालले उनीहरूलाई छेकेको छैन ।

अब प्रश्न उठ्न सक्छ उमेर र नेतृत्वकाबीचमा समानुपातिक वा व्युतक्रमाणुपातिक कस्तो सम्बन्ध हुन्छ ? उमेर बढ्दै गयो भने नेतृत्वको प्रभावकारिता बढ्दै जान्छ वा घट्दै ? अनुभवले समृद्ध भएर काम गर्न सजिलो हुन्छ वा उही र उस्तै काम बारम्बार गरिरँहदा थकान, बोझ र दिक्दारी पैदा हुन्छ ? मेरो विश्लेषण छ कि उमेर र कामको प्रभावकारिताकोबीचमा समानुपातिक सम्बन्ध छैन । धेरै उमेर बढ्दै जाँदा कामको प्रभावकारिता घट्दै जान्छ । जीव वैज्ञानिक आँखाबाट हेरौँ वा समाज वैज्ञानिक । यसका बारेमा पनि हामी गहन छलफल गर्न सक्छौँ ।

युवा नेतृत्वले आजको दुनियाँमा नेतृत्व विकासको लागि के के गर्नु पर्ला ? पहिलो काम हो विचारको विकास । दृष्टिकोणको निर्माण । नेतृत्वले मूलतः नीतिको अगुवाई गर्ने हो । कस्तो नीति सही नीति हो भन्ने त थाहा हुन पर्यो नि ? नेतृत्वले समयको पदचाप बुझ्नु पर्दछ ,र अगाडि अगाडि हिँड्नु पर्दछ ।

यदी हामी राम्रोको खोजीमा छौँ भने पूर्वाग्रही किन हुने ? तर हामीसँग जबरजस्त दुईवटा समस्याहरू नेतृत्वका बारेमा छलफल हुँदा उठ्ने गरेको छ । युवा नेतृत्वले भन्छ कि अब बुढाहरूको काम छैन । पाको नेतृत्वले भन्छ कि यी त बच्चै छन् । सारमा दुवै पक्षले एक अर्कालाई काम नभएको भन्छन् । हुनुपर्ने हो कि नेतृत्वको योजनावद्ध विकास । पुरानोको अनुभव र नयाँको सिर्जनशिलता दुवैलाई जोड्ने । रणनैतिक सवालमा पुरानोको भूमिका बढाउने र कार्यकारी भूमिकाहरूमा नयाँ टिमको अभ्यास गर्ने । एकले अर्कालाई निषेध होइन कि पुरकको भूमिका निर्वाह गर्ने । के हामी नेतृत्व प्रणालीमा नयाँ खाले अभ्यास गर्न सक्छौँ ? सक्नुपर्छ ।

युवा नेतृत्वले आजको दुनियाँमा नेतृत्व विकासको लागि के के गर्नु पर्ला ? पहिलो काम हो विचारको विकास । दृष्टिकोणको निर्माण । नेतृत्वले मूलतः नीतिको अगुवाई गर्ने हो । कस्तो नीति सही नीति हो भन्ने त थाहा हुन पर्यो नि ? नेतृत्वले समयको पदचाप बुझ्नु पर्दछ ,र अगाडि अगाडि हिड्नु पर्दछ । जनता सँगसँगै तर अगाडी । जस्तो अहिले हामी डिजिटल युगमा छौँ । प्रविधिले मान्छेलाई विस्थापित गरिरहेको छ । कामको अन्त्य भइरहेको छ । रोबोटले विरामीको शल्यक्रिया गर्दछ, घरको नक्सा बनाउँछ, बारीमा खेतिपाती गर्दछ, विद्यार्थीहरूलाई पढाउँछ, कारखानामा जुत्ता उत्पादन गर्छ । डाक्टर, इञ्जिनियर, किसान, शिक्षक र मजदुरलाई विस्थापित गरिरहेको छ ।

यसप्रति पीठ फर्काएर र ओठ लेब्य्राएर हिँड्ने मान्छे मैले देखेको र भेटेको छु । अँ यस्तो त हुँदै गर्छ भन्ने । हुलाक कहाँ गयो आजकाल ? के कसैले आराम छु आराम चहान्छु भनेर चिट्ठी लेखिरहेको छ ? इमेलले हुलाकलाई सर्लक्कै निलिसक्यो । इमेल उम्दा अवस्थामा छ भने हुलाक मृत्युको दिन गनेर बसिरहेको छ । ट्याक्टरले गोरु, राँगा र घोडाले जोत्ने खेतको हलो, फाली र जुवा उप्काउदै लगिरहेको छ । तेलमिलले कोल र कुटानी मिलले पानी घट्ट निल्दै गइरहेको छ । कुनै दिन आउनेवाला छ , काँसको बञ्चरो, हाते चर्खा, हुलाक, हलो, कोल र घट्ट एकै ठाँउमा भेटिने वाला छन् अर्थात् संग्रहालयमा ।

अरु के के थन्कने छन् संग्रहालयमा हामीले सूची बनाएका छौं ? अहिलेसम्म वस्तु मात्रै थन्किएका थिए, अब मान्छेको पेशा पनि थन्कियो भने ? यही हो कामको अन्त्य भनेको । के परिणाम आउला ? अकल्पनिय । जिवाश्मा इन्धनको युग समाप्त हुँदैछ र नविकरणीय उर्जाको युग शुरु हुँदैछ । उर्जामा हुने क्रान्तिका बारेमा हाम्रोमा खासै बहस भएकै छैन । निःशुल्क उर्जाको परिणाम के होला ?

सात अर्ब ९० करोड मान्छेलाई एउटै सञ्जालमा जोड्ने काम गरेको छ इन्टरनेटले । सञ्चार आज लगभग निःशुल्क भएको छ संसारभर । मानव जातिले यस्तो प्रयोग पहिलो पटक गर्दैछ । दुई अर्ब विद्यार्थीहरूको एउटै कक्षा सञ्चालन गर्न सकिने अवस्था छ । भर्चुअल माध्यमले । अर्बौं किताबहरूको पसल त नेटमा थापिएकै छ । गुगल जस्तो खोजी माध्यमले जे खोज्यो त्यो क्षणभरमै फेला पारेर चाहिएको नतिजा हामीलाई दिन थालेको धेरै भइसक्यो । युट्युब च्यानलले हामीलाई भिडियोहरू सजिलै र निशुल्क उपलब्ध गराइरहेकै छ ।

सञ्चारको पाँचौँ पुस्ता जसलाई फाइभ जी भनेर चिनिन्छ, भूउपग्रह मार्फत् निःशुल्क र तीव्र गतिमा पृथ्वीका सबै मान्छेले प्रयोग गर्दा हुने परिणामको आँकलन हामीले गरेका छैनौँ । यही दशकमा संसारको प्रत्येक घरमा कम्तिमा एक दर्जन सेन्सरहरूले विभिन्न क्षेत्रमा काम गर्ने छन् । सि जिन पिङले चीनीयाँ भाषामा बोल्दा जो बाइडेनले अंग्रजीमा त अहिले पनि सुनिरहेकै छन् । न दोभाषे चाहिन्छ न उल्था गर्ने मान्छे । गुगलमा किताबहरू उल्था सजिलै हुने गरेको छ ।

चश्मा वा क्यामेराले अनुहारको अध्ययन गरेर कुन देशको नागरिक हो पत्ता लगाउन कठिन भएन । सामाजिक सञ्जाल हाम्रो ठूलो सञ्चारको माध्यम भएको छ । हिमाल, पहाड, समुन्द्रले हाम्रो यात्रा रोक्न सकेको छैन । एक घण्टामा पृथ्वीको फन्को मार्ने अवस्था हुँदैछ कुनै दिन त्यो पनि सजिलै टिकट काटेर–यानमा । हेलिकप्टरलाई विस्थापित गर्ने उड्ने गाडीहरू जो निर्माणाधिन अवस्थामा छन् । हिजो मोबाइल फोन संभ्रान्त वर्गको पेवा जस्तो थियो आज आम मान्छेको हातहातमा छ, निकट भविश्य भोली उड्ने गाडी हामी प्रत्येकको दैलोमा खडा हुनेछ । आजको मोबाइल फोन प्रत्येकको खल्तिमा भए जस्तै गरी ।

डिजिटल युगमा करोडौँ र अरबौँको संख्यामा तर सामूहिक नेतृत्व प्रणाली आवश्यक र संभव भएको छ । दोश्रो कुरा युवा नेतृत्वले नयाँ प्रयोगबाट डराउनु हुँदैन । तेश्रो कुरा, मानव जातिले थुप्रै असंभवलाई संभवमा बदलेको छ ।

थ्रि डि प्रिन्टिङ घर निर्माण देखि मानव शरिरका मष्तिष्क बाहेकका अंगहरू निर्माण गरिरहेको छ । खेतबिनै खाद्यान्न पनि उत्पादनको तयारी गर्दैछ । यसले गर्ने कामको सूची पनि असिमित छ । मानव बौद्धिकतासँग कृत्रिम बौद्धिकताले जोरी खोजिरहेकै छ । यसको परिणाम पनि अकल्पिनीय नै हुनेछ । जेनेटिक इञ्जिनियरिङ चार अर्ब वर्ष देखि चल्दै आएको प्राकृतिक छनौटको तरिकाबाट भइरहेको जीवहरूको विकासमाथि प्रश्न खडा गर्दै आमा बाबुबाट बनेको बच्चा होइन हामीले चाहे जस्तो बच्चा बनाउन सकिने हुँदैछ ।

भ्रूण हत्या नगरिकनै छोरा वा छोरी जन्माउन थालेको त धेरै भइसक्यो । शुक्रकिट र डिम्बकोश राख्ने बैंकले त्यो काम सजिलै गरिरहेको छ । बाबुको प्रत्यक्ष सहभागिता बिना पनि आमाले चाहेको बेला बाबुकै डिएनएको बच्चा पाउन कुनै कठिन भएन ।

वस्तुहरू र मान्छेहरू इन्टरनेटमा जोडिन थालेका मात्रै होइनन् डिजिटल वस्तुहरू पनि बनेकै छन् , जस्तो डिजिटल मुद्रा । डिजिटल उपचार पद्धति, डिजिटल पढाई, डिजिटल व्यापार सबका सब । युवा नेतृत्व आजको दुनियाँका बारेमा कम्तिमा सैद्धान्तिक रुपमै भएपनि जानकार हुनैपर्दछ । ज्ञानमा आएको तीव्र बदलावले दश वर्ष पढेर जिन्दगीभर धान्ने जमाना समाप्त भयो । अब ज्ञानलाई क्षण क्षणमा नविकरण नगर्ने हो भने विस्थापित हुने संभावना प्रबल हुन्छ ।

नेतृत्वका लागि इच्छा राख्नु एउटा कुरा हो तर वास्तविक नेतृत्व गर्नु अर्को कुरा हो । संक्षेपमा, डिजिटल युगको नेतृत्व डिजिटल युगको चेतनाले मात्रै हुन सक्दछ । त्यस्तो नेतृत्व एकल चेतनाले संभव छैन । सामूहिक नेतृत्व प्रणाली वस्तुगत आवश्कता बनेको छ र संभव पनि । जंगली युगमा शिकारीको सानो समूहको अगुवाई गरे पुग्थ्यो । कृषि कार्य विकेन्द्रीत भएकोले नेतृत्व विकेन्द्रीत थियो ।

औद्योगिक युगमा सयौँ वा हजारौँ मजदुरहरूलाई एकैसाथ नेतृत्व गर्न केन्द्रीकृत प्रणाली आवश्यक थियो । डिजिटल युगमा करोडौँ र अरबौँको संख्यामा तर सामूहिक नेतृत्व प्रणाली आवश्यक र संभव भएको छ । दोश्रो कुरा युवा नेतृत्वले नयाँ प्रयोगबाट डराउनु हुँदैन । तेश्रो कुरा, मानव जातिले थुप्रै असंभवलाई संभवमा बदलेको छ । नेतृत्व गर्न संभव छ । छलफल गरौँ । अगाडिको बाटो तय गरौँ । भविष्य हाम्रो हातमा छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं