Sunday, August 1, 2021

स्याटेलाइटबाट गणना हुँदै रोपाइँ सकिएका क्षेत्र

काठमाडौं । सरकारले रोपाइँ सकिएका क्षेत्रको गणना स्याटेलाइटबाट गर्न थालेको छ । तराईका २१ जिल्लामा स्याटेलाइटबाट धान रोपाइँको क्षेत्रफल गणना गररिहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट सूरु भएको पाइलट परियोजना यस वर्ष पनि निरन्तर रहेको मन्त्रालयले जनाएको छ । नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ‘मन्त्रालयको कृषि भौगोलिक सूचना शाखा, नार्क र इसीमोडको सहकार्यमा यस प्रविधिमा काम थलिएको हो । यसअघि पालिका र जिल्ला हुँदै आउने गरेको मुख्य सिजनको धान रोपाइँ विवरणमा गत वर्षदेखि स्याटेलाईट विवरण पनि समावेश गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीका अनुसार कृषि नविनतम् ज्ञानको प्रयोग गर्ने हिसाबले स्याटालाईटले तराईका सबै जिल्लाका मूख्य धान बालीको नयाँ प्रविधिबाट विवरण निकाल्न थालिएको हो ।

नेपाल सरकारसँग भएको सम्झौताअनुसार इसीमोडले नाशाबाट तस्विर उपलब्ध गराउन नेपाललाई सघाउँछ । उक्त तस्विरमा रोपाइँअघि, रोपाइँपछि र धान हुर्कंर्दै गर्दाका क्षणहरुको तस्विरहरु प्राप्त हुने मन्त्रालयले जनाएको छ । ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं