Wednesday, August 4, 2021

एमालेमा २०७५ जेठ २ को अवस्थामा फर्कने औपचारिक निर्णय गर्नेमा छलफल

काठमाडौं– नेकपा एमालेले पार्टी सदस्यता नविकरण गर्न देशैभरीका कमिटीलाई निर्देशन दिएको छ ।

आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिती,कोरोना महामारी,दैविक विपत्तिका बिषयमा संक्षिप्त तर गहन छलफल भएको बताए ।

आगामी १६ गते यिनै बिषयमा बृहत्त छलफल गरेर थप निर्णय हुने उनको भनाइ थियो ।

आजको बैठकमा १६ गतेको बैठकमा पार्टी औपचारिक रूपमै २०७५ जेठ २ को अवस्थामा जाने निर्णय भएको स्रोतले बतायो । बैठकमा माधव नेपाल पार्टीमा फर्कन सक्ने नसक्ने सन्दर्भमा पनि कुराकानी भएको थियो ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं