Sunday, August 1, 2021

दिउँसो २ बजे सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा क्रियाशील सदस्यताबारे छलफल हुने बताइएकाे छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जनाइएकाे छ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको हो । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्ने बताइएको छ ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ । महाधिवेशनका लागि दुई महिना बाँकी भए पनि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । आजको पदाधिकारी बैठक क्रियाशील सदस्यता छिटो टुंग्याउनेबारे केन्द्रित हुने बताइएको छ ।

समितिलाई सदस्यता टुङ्ग्याउन असार २० गतेसम्मको समय दिइएको छ । तर समितिले मापदण्ड बनाउन नसक्दा नयाँ सदस्यको हकमा आएका उजुरीमाथि काम गर्न नसकेको बताइएको छ ।

यसैबीच नेपाली कांग्रेसले ६ जिल्लाका ९ वटा निर्वाचन क्षेत्रका क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गरेको छ । भोजपुर, रुकुमपश्चिम, प्यूठान, धनुषा–१, काभ्रे–१ र सप्तरी क्षेत्र नं. १, २, ३ र ४ का क्रियाशील सदस्य –नयाँ र नवीकरण)को विवरण नेपाली कांग्रेसले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो । ती जिल्ला र क्षेत्रका नामावलीमा कुनै उजुरी, गुनासा वा सुझाव भएमा यही असार १७ गतेभित्र सप्रमाण पठाउन पनि कांग्रेसले आग्रह गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं