सरकारी कार्यालयको जग्गामा स्थानीयको भोगचलन

मुगु– जिल्ला सदरमुकाम गमगढी स्थित पशु सेवा कार्यालयको जमिन स्थानीयले भोगचलन गर्दै आएको पाइएको छ ।

पशु सेवा कार्यालयको उक्त जग्गा नापी कार्यालय मुगुको सर्भेक्षण टोलीले स्वामित्व जग्गा एकिन गर्दा कुल १८ सय वर्गमिटर क्षेत्रफलमा १ सय ३५ वर्गमिटर क्षेत्रफल सर्वसाधारणहरूले प्रयोग गर्दै आएको पाइएको नापी कार्यालयका प्रमुख हरिहर चौलागाईले जानकारी दिए ।

पशु सेवा कार्यालय का प्रमुख भिमचन्द्र बुढाले कार्यालयको जग्गा एकिन गर्नलाई पटक पटक प्रयास गरिँदै आएको भएपनि सँधियारसँगको विवादका कारण सफल नभएको बताए ।

‘यस भन्दा अगाडि ५ पटकसम्म सर्भेक्षणको लागि प्रयास भएको थियो तर विवादको कारण सफल भएको थिएन, अहिले कार्यालयको जग्गा एकिन भएको छ’ उनले भने । उनले अधिकरण गरेको जग्गा घेरवार गर्न र सार्वजनिक जग्गालाई संरक्षण गर्नका लागि जिल्ला नागरिक समाजका संयोक रुप बहादुर मल्लको सहजिकरणमा तत्काल काम अगाडि बढाइएको बुढाले बताए ।

पशु सेवा कार्यालयले आफ्नो जग्गा जवरजस्ती हस्ताक्षेप गरेको सँधियारको दावी छ । जग्गा सँधियार सरिता शाही भन्छिन्, ‘२०५२ सालमा नापी हुँदा बुबा नेपालगन्जमा बस्दै आउनु भएको थियो, हामी गाउँ (सोरु) मा थियौं, त्यसै बेला पशु अस्पताल कार्यालयले आफ्नो जग्गा हस्तक्षेपगरि लिएको हो ।’

नागरिक समाजका संयोजक रुप बहादुर मल्लले सार्वजनिक सबै प्रकारका सम्पत्तिको संरक्षण गर्नु सबै नागरिकको दायित्व भएको बताए । ‘संरक्षण र जगेर्ना गर्ने हामी सबैको दायित्व हो , सार्वजनिक सम्पत्तिलाई अधिगरण गरि आफ्नो बसमा उपयोग गर्नु भनेको मुर्खता हो र यस्तो कामलाई कानुनको दायरामा ल्याउन आवश्यक छ ।’ उनले भने ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं