आज अन्तिम दिन अपि पावर कम्पनीको हकप्रद भर्ने

काठमाडौं – अपि पावर कम्पनीले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ । यस अघि कम्पनीले हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा म्याद थप असार १३ गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेको हो ।

कम्पनीले ५६ करोड ७० लाख बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले जेठ २० गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो । कम्पनीले १ः०.२९३८ को अनुपातमा हाल कायम चुक्ता पुँजीको २९.३८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले अनुमति माग गर्दै फागुन ९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बैशाख १९ मा बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले हकप्रद निष्काशनको लागि बैशाख २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले बैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । म्याद थप संगै लगानीकर्ताले असार १३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

अपि पावरले ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत बनाउनको लागि रकम जुटाउन थप हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीका अनुसार आयोजनाको ३० प्रतिशत काम सकिएको छ । कम्पनीले आर्थिक वर्ष ७६ / ७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर पनि वितरण गरेको थियो ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं