Sunday, August 1, 2021

उपत्यकामा निषेधाज्ञाबारे नयाँ निर्णय गर्न बैठक बस्दै

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । आज अपरान्ह बस्ने बैठकले निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्ने बताइएको छ ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसा निरौलाका अनुसार आज अपरान्हतिर संयुक्त बैठक बस्दैछ । त्यही बैठकले निषेधाज्ञाबारे निर्णय गर्छर्ने छ । स्रोतका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको जनाइएको छ ।

गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ । पछिल्लो निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं