Sunday, July 25, 2021

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाका सांसद भागवत प्रकाशले गरे विरोध

बुटवल – कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको प्रति गण्डकी प्रदेशका सांसद भागवत प्रकाश मल्लले विरोध जनाएकाछन् ।

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार गरेका थिए ।

गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर रुपन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने उद्देश्य आयोजनाको छ ।

स्याङ्जाको गल्याङ्ग नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा बाँध बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान र दोभानबाट बुटवलको बेलबाससम्म थप ७ किलोमिटर सुरुङ खनेर तिनाउमा पानी झार्ने योजना छ । यो आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब लागत अनुमान गरिएको छ ।

आयोजनाको कार्यालय उद्घाटनसंगैे नदी तटीय क्षेत्रका बासिन्दाले विरोध गरेका छन् । डाइभर्सन आयोजनाले लुम्बनी प्रदेशका पाल्पा , गण्डकीको स्याङ्जा र तनहुँसम्मका १० वटा स्थानीय तह प्रत्यक्ष प्रभावित हुने भन्दै यो आयोजनाको विरोध भएको छ( गण्डकीका प्रदेश सांसद भागवत प्रकाश मल्लले यो आयोजनाले गण्डकी प्रदेशका विभिन्न ठाउलाई असर गर्ने भन्दै कुनै हालतमा अघि बढ्न नदिने वताए ।

सांसद मल्लले यो आयोजनाको चर्चा हुन थालेदेखिनै विरोध गर्दै आउनु भएका थिए , संसदमा पनी पटक पटक आवाज उठाउँदा पनी सुनुवाई नगरी एकतर्फी तरवरले यो आयोजना अगाडि वढाईएको भन्दै सांसद मल्लले आक्रोश व्यक्त गरेकाछन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं