प्रधानमन्त्री बन्न अफर आयो तर ओली प्रवृतिको विरूद्धको मोर्चा छाडेर जान्न : माधव नेपाल


काठमाडौं– नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको बताएकाछन् ।

पाँच दलीय गठबन्धनका नेताले शनिबार पत्रकारहरुसँग गरेको अन्तक्रियामा बोल्दै नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको तर त्यसलाई स्वीकार नगर्ने बताए।

‘मलाई प्रधानमन्त्री आफर आइसक्यो’, नेपालले भने, ’तर गठबन्धनलाई धोका दिन सक्दिन। यो लडाई केपी ओली प्रवृत्तिका विरुद्ध हो।’
पछिल्लो समय एमालेमा नेता नेपाललाई अर्को अध्यक्ष वा प्रधानमन्त्रीको रूपा अगाडि लैजाने कुरामा बहस सुरू भएको छ ।

उनले गठबन्धन लोकतान्त्रिक बाम गठबन्धनको रूपमा रहेको भन्दै गठबन्धनलाई धोका दिन नसक्ने भन्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताए।

संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउँदै नेता नेपालले केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नभएको बताए।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं