Saturday, July 24, 2021

भोेलिपल्ट कुखुरो हराउनु ,अघिल्लै दिन धादिङमा स्याल करायो : प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी दलका गतिविधिले न्यायलयको निश्पक्षतामाथि गम्भीर प्रश्न उठाएको बताएकाछन् ।

बालुवाटरमा शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्धारा सम्पादित एवं प्रकाशित पुस्तकहरूको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले फैसला पूर्व बोलेको कुरा फैसलामा आउनुले शंका उत्पन्न भएको बताए ।

‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भने, भोली अदालतले हटाउदैछ भन्ने सुचना मैले पाएको छु । न्याय निश्पक्ष निरुपण भयो कि अरुनै हिसाबले ?’ उनले भने, ‘एउटा चर्चा हल्ला छ नि, सेटिङ सेटिङ भन्ने शब्द खुब चल्छ , नत्र भोेलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? एउटा गम्भीर प्रश्न छ ।’

सर्वोच्च अदालतले असार ८ गते जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा सहभागी भएका मन्त्रीहरुको सपथ र कार्यविभाजन संविधान अनुकुल नभएको भन्दै मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । यस विषयमा अघिल्लो दिन नै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोही आदेशसँग मिल्दो अभिव्यक्ति दिएका थिए ।

उनले विपक्षी दलको एकतामा आफ्नो कुनै प्रतिकृया नरहेको भएपनि प्रणालीलाई नै सिद्धाउने प्रयास भएको प्रति सशंकित भएको बताए । उनले भने, ‘प्रणालीप्रति चिन्तित र सजक हुनुपर्ने कुरा हो । प्रणालीप्रति हाम्रो सजगता आवश्यक छ । प्रणालीहरु सधै अग्नि परीक्षामा नै हुन्छ्रन् । प्रणालीले परिणामबाट आफ्नो सहीपना र सर्वश्रेष्ठता सावित गर्नै पर्छ । तर प्रणालीलाई कार्यान्वयनमा नै जान नदिईकन, कार्यान्वयनको प्रारम्भ नै हुन नदिईकन फेरि भत्काउने तर्फ लाग्नु खतरनाक बिषय हो ।’

प्रधानमन्त्री ओलीले आफुलाई लोकतन्त्रवादी भन्नेहरु नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताए । ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुखछाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन चलेको छ ।’ उनले भने, ‘हिजो पनि केही भुतपुर्वहरुको लस्करले मिट त प्रेस गरेको देखेको थिएँ मैले । त्यसमा पनि राष्ट्रपति भन्दा राजा राम्रो भन्ने सम्म उहाँहरु पुग्नुभयो ।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं