Sunday, August 1, 2021

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं – टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएकाे छ । गोकर्णेश्वर नगरपालिका-९ गोकर्णस्थित सडकमा बा.४ ख ८२२९ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-६ सिमालटार डेरा गरी बस्ने सखंवासभा भोटखोला गाउँपालिका-२ घर भएका २६ वर्षीय खुर्बु छिरिङ भोटेको शुक्रबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं