Sunday, August 1, 2021

खुला विश्वविद्यालयले माग्यो उपकुलपति र कुल सचिव

काठमाडौं–नेपाल खुला विश्वविद्यालयले उपकुपति र कुलसचिवको लागि आवेदन माग गरेको छ । उक्त पदको सिफारिस समितिले उपकुलपतिको लागि प्राध्यापन र अनुसन्धानमा कम्तीमा २० वर्ष काम गरेका शिक्षाविद् र कुल सचिवको लागि प्राध्यापन र अनुसन्धानमा कम्तीमा १५ वर्ष काम गरेका व्यक्तिहरूबाट आवेदन माग गरेको हो ।


आवेदकले आफ्नो वायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र सहित एक हप्ताभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा secretariat.education@moest.gov.np मार्फत आवेदन दिन सक्नेछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं