Saturday, July 24, 2021

त्रिविले सार्वजनिक गर्यो परीक्षा तालिका, विद्यार्थीले रोजेको केन्द्रबाट परीक्षा दिन पाउने

काठमाडौं– कोभिड–१९ का कारण लामो समय देखि हुन नसकेको त्रिभुवन विश्व विद्यालय अन्तरगतका विभिन्न संकायका स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि हुने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन ११ गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । सूचना अनुसार परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।

वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४÷३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड–१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरू स्थगित भएका थिए ।

परीक्षा दिन परीक्षार्थीहरुले आफूले परीक्षा दिनुपर्ने विषय र कोड यकिन गरेर मात्र परीक्षा दिनुपर्ने छ । यसमा अन्यथा हुन गएमा त्रिवि परीक्षा नियन्त्रण कार्यलय जवाफदेही नहुने सूचनामा उल्लेख छ ।

साथै त्रिवि परीक्षा नियन्त्रण कार्यलयले परीक्षा फारम छुटेका विद्यार्थीलाई असार १५ सम्म फारम भर्ने समय दिएको छ । प्राइभेट (आंशिक) परीक्षार्थीहरुले पनि सोही मितिभित्र अनलाइनबाट परीक्षा फारम भर्न सक्नछन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं