कांग्रेसमा तीन सभापतिका आकांक्षी भेटघाटमा, सहयात्राको संकेत

काठमाडौं– १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरू एक आपसमा छलफल अगाडि बढाउन थालेका छन् ।

शुक्रबार (आज) पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहकाबीच महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेकाछन् ।

उनीहरूले आसन्न महाधिवेशनमा प्रतिस्पर्धा भए पनि कसरी एकताको महाधिवेशन बनाउने र नेताहरूबीच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको बुझिएको छ । यस अघि गत सोमबार पनि तीन नेताबीच भेटघाट भएको थियो ।

कांग्रेसमा सभापतिको दावी गर्दै आएका यी तीन नेताको सहयात्रालाई चासोका साथ हेरिएको छ । उनीहरू कांग्रेसमा कुनै समय पार्टीमा भूमिका खेलेका नेताको विरासतबाट आएका र पार्टी सभापतिमा शेर बाहदुर देउवाले आफूलाई दोहोर्याउन देखाएको चासोकाबीचबाट यी तीन नेता एकठाउँ देखिँदा चासोका साथ हेरिएको हो ।

निधि काँग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बिपी पत्र हुन् । यस्तै सिंह गणेशमान सिंहका पुत्र हुन् । सभापति शेर बहादुर निकट मानिने विमलेन्द्र निधीले पछिल्लो समय खुलेर उनको विकल्पको रुपमा आफूलाई प्रस्तुत गर्दै आएकाछन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं