Sunday, August 1, 2021

नागरिक लगानी कोषको १ लाख कित्ता शेयर लिलाम गर्दै प्रिमियर इन्स्योरेन्स

काठमाडौं – प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीको १ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर बैंक, वित्तीय संस्था र बीमा कम्पनीको लागि लिलाम गर्न लागेको हो । अन्य कम्पनी, व्यक्ति तथा संस्थाले यस लिलाम प्रक्रियामा सहभागी हुन् पाउने छैनन् ।

लिलामीको शेयरमा आज असार ११ देखि असार १८ गतेसम्म आवेदन दिन सकिने छ। यस लिलाममा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य व्यक्ति वा कम्पनीले आवेदन दिन पाउने छैनन् ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १२ सय कायम गरेकोले आवेदन दिनेले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै शेयर बिक्रि भएमा प्रिमियर इन्स्योरेन्सले यसबाट न्युनतम १२ करोड प्राप्त गर्ने छ ।

सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं