Monday, August 2, 2021

देउवा पक्षका वकिलले पाएको १२ घण्टा समय आज सकिँदै, आइतबार देखि महान्याधीवक्ता कार्यालयको बहस

काठमाडौं– कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोत्त अदालतमा रिट दायर गर्ने १४६ सांसदका वकिलको बहस शुक्रबार (आज) सकिँदैछ ।

गत बुधबार देखि संवैधानिक इजलासमा सुरू भएको बहसलाई देउवा पक्षका वकिलको लागि छुट्याएको १२ घण्टा समय मध्ये अब ४ घण्टा मात्र बाँकी छ ।

आजको बहस बरिष्ठ अधिवक्ताहरू श्रीहरि अर्याल, सुनिल पोखरेल, दिनमणि पोखरेल, टिकाराम भट्टराई, भिमार्जुन आचार्य, ओमप्रकाश अर्याल, सविता भण्डारी, सतिस कृष्ण खरेलका सहित २३ जनाले बहस गर्दैछन् ।

बहसका लागि उनीहरूलाई तीनदेखि तीस मिनेटसम्मको समय छुट्याइएको छ।

आइतबारदेखि यो रिटमा महान्यायाधीवक्ता कार्यालयका वकिलको बहस हुनेछ। उनीहरूले भने साढे सात घण्टामा ११ जनाले बहस गर्नेछन्। त्यसपछिको साढे सात घण्टा प्रधानमन्त्री केपी शर्मा र सभामुख अग्नी सापकोटाका वकिलले बहस गर्ने पालो छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं