Sunday, August 1, 2021

मुगुका एक हप्ता देखि विद्युत अवरुद्ध, सशस्त्र प्रहरी बलको सहयोगमा खुलाउने प्रयास

मुगु – मुगु सदरमुकाम गमगढीमा गएको एक हप्ता देखि विद्युत सेवा अवरुद्ध छ ।

भारी वर्षाका कारण गमघाट साना जलविद्युत् को मुहान र नहरमा बालुवा , ढुङ्गा र लेतो भरिँदा जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक देखि कार्यालय संचालनमा समेत असुविधा भएको छ ।

गमघाट जलविद्युत कार्यालयमा जनशक्ति कमभएकाले अवरोध हटाउन सशस्त्र प्रहरी बलको सहयोग लिएको छ । गत तीन दिन देखि सशस्त्र प्रहरी बल नं ४५ गुल्म हे.क.मुगुबाट १५ जनाको टोलीले अवरोध हटाउने काम गरिरहेको सशस्त्र प्रहरी बल मुगुका प्रमुख खुम बहादुर केसीले जानकारी दिए ।

‘तीन दिन देखि बिहान देखि बेलुकासम्म एक सय मिटर नहर र मुहानसम्म जम्मा भएका बालुवा ,गिट्टीहरू पन्छाएर काम सम्पन्न गरेका छौ’ प्रमुख केसीले भने, ‘जिल्लामा यस्तै प्रकोप खालेमा सशस्त्र प्रहरी बल जिल्लाका हितका लागि स्वतस्फूर्त रुपमा सदैव लागिपरेको छ ।’

पानीको बहाव ठुलो भएकाले स्काभेटरको सहायताmे पानीलाई कटाउने काम भएको उनले बताए । उनले प्रहरी को सहजिकरणमा हिजोनै नहरमा पानी संचालनमा आएको र मुहानमा काम बाँकी भएकाले शुक्रबार (आज) काम सम्पन्न गरि दिउँसो २ बजे भित्र बत्ती संचालनमा आउने छ गमघाट जलविद्युतका कार्यालय प्रमुख दिनेश पौडेलले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं