बाढी पहिरो पिडितहरुका लागि मेडिकल क्याम्प सञ्चालन तथा उद्धार गर्दै नेपाली सेना

काठमाडौं । अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित सिन्धुपाल्चोक, मुगु र मनाङ जिल्लाका विभिन्न स्थानहरुमा नेपाली सेनाले जनशक्ति तथा श्रोत साधन प्रयोग गरि मेडिकल क्याम्प तथा उद्धार कार्यहरु संचालन गरिएको जनाकारी दिएकाे छ ।

सेनाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्न स्थानका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्य अनुरुप बागमती प्रदेश सरकारको र नेपाली सेनाले फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले चनौटे ईलाकामा र ईचोक महानकाल ईलाकामा अषढ ९ र १० गते मेडिकल क्याम्प संचालन गरेको जानकारी दिएको छ । उक्त दुईदिने मेडिकल क्याम्पबाट करिब १६५ जना बाढी पिडित व्यक्तिहरुलाई चेकजांच गरी औषधि वितरण गरेको सेनाले जनाएको छ ।

सेनाले अषढ ९ गते सिन्धुपाल्चोक जिल्लाको चामे गाउँपालिका – ३, चामेस्थित घट्टे खोलाको पुल र स्थानीय आवत÷जावत गर्ने बाटो मरामत कार्य गर्नुका साथै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका – ७, सातमोड ईलाकामा अवरुद्ध रहेको गमगढी–नाग्मा सडक खण्ड खुलाउने कार्यमा नेपाली सेनाको उद्धार टोलीले सहयोग गरेको जनाएको छ ।

त्यस्तै अषढ ९ गते मनाङ जिल्लाको नयाँ बजार र चामे बजार जोड्ने चामे गाउँपालिका – ३ स्थित घट्टे खोलाले पुल बगाए पश्चात नेपाल प्रहरीको सहकार्यमा नेपाली सेनाले पक्की काठे पुल निर्माण सम्पन्न गरी जोखिमपुर्ण आवत / जावतमा सहजिकरण गरेको नेपाली सेनाले जनाएको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं