मन्त्रीका काँधमा थप मन्त्रालयको जिम्मेवारी, कसले के जिम्मेवारी पाए ? (सूची सहित)

काठमाडौं– सरकारका मन्त्रीहरूको जिम्मेवारी हेरफेर भएको छ । संसद विघटन पछि भएका नियुक्तिलाई सर्वोच्चले खारेज गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जिम्मेवारी थप गरेकी हुन् ।

जस अनुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री सहित रक्षा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिएकाछन् ।

त्यस्तै विष्णु पौडेल उपप्रधानमन्त्री सहित अर्थ, उद्योग, वाणिज्य तथा आपुर्ति,उर्जा, जलस्रोत तथा सिंचाइ र गृहको जिम्मेवारी पाएकाछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री कृष्ण गोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकाछन् ।

त्यस्तै मन्त्री बसन्त कुमार नेम्बाङले कृषि तथा पशुपन्छी, खानेपानी, भौतिक पूर्वाधार तथा यातयात, संचार र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकाछन् ।

मन्त्री लिलानाथ श्रेष्ठको भागमा कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था तथा सहकारी, महिला तथा बालबालिका, संस्कृति पर्यटन तथा नागरिक उड्यन र संघीय मामिला तथा सामान्य प्रशासनको जिम्मेवारी पाएकाछन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं